Logo

फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं
२४ पुस । सुनको भाउ पुनः बढेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्