Logo

३०१ औं पृथ्वी जयन्ती(तस्बिरमा)

काठमाडौं, २७ पुस । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । बुधबार देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।

तस्विरमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्