Logo

मौरीबारे रोचक जानकारी

ललितपुर खबर
मौरी एउटा मेहनती जीव हो । उनीहरु मह खोज्न अहोरात्र खड्ने गर्छन् । भुनुनु भुन्भुनाउदै उड्ने यो सानो किरा जातीको चराले मानिसलाई मिठो मह दिन्छ ।
नेपालमा तराई क्षेत्रमा धेरै मात्रामा मौरीपालन गरिएको छ । काठमाडौं र पहाडी क्षेत्रमा व्यावसायिक मौरी पालन कम गरिएको पाइन्छ ।
मौरी धेरै चिसो र पानी परेको बेला बर्षामा चर्न जान सक्दैन । उसले धेरै चिसो र बर्षा झेल्न नसक्ने हुँदा घारमा चाका बनाएर मह जम्मा गर्छ । उसलाई थहाँ हुन्छ कि बर्षमा दुई पल्ट अनिकाल लाग्छ । त्यही अनिकालमा आफू खान र बच्चालाई खुवाउन कुट जम्मा गरेर राख्छ ।
मौरीले मानिसलाई दिन भनेर त्यो मह जम्मा गरेर राखेको होइन । त्यो मह उसले आफ्ना लागि जम्मा गरेको हो । तर मानिसले मह झिकेर लैजान्छ । मानिसले मौरीको मह चोरेको हो ।
संसारमा मौरी मुख्य गरेर सेरेना र मेलिमेरा गरि दुई जातका मौरी छन् । सेरेना जातका मौरी स्थानीय र रैथाने हुन् । भने मेलिफेरा विकशित ।
सेरेना जातका मौरीले बर्षमा थोरै मह बनाउछन् । तर उनीहरुले बनाएको मह साह्रै मिठो हुन्छ । मेलिफेराले बनाएको मह धेरै हुन्छ तर बजारमा यसको भाउ आधा सस्तोमै पाइन्छ ।
एउटा मौरीको घारमा जम्मा एउटा मात्रै रानो हुन्छ । घरमा अरु रानो जन्मिए यसले अरु मौरी बोकेर नयाँ घारमा सर्छ । चैत्र बैशाख ताका मौरीले नयाँ घार बनाएर जाने भएकाले आफैले फुटाएर नयाँ घारमा राख्नु पर्छ ।


मौरी रानोको आदेशमा चल्छ । रानोले विभिन्न प्रकाशका गन्ध फ्याक्ने हुँदा त्यही गन्ध अनुसार मौरीहरु चल्छन् । मौरी गन्धको आधारमा सिस्टम निर्धारण गर्छ । कर्मी मौरीले रस ल्याउछ । भने स सना बच्चालाई फुलको कणहरु झारेर कुट ल्याउछन् ।
मौरीहरु रातमा उड्दैनन् । थोरै मौरी मात्र जंगलमा रात बस्छन् । धेरै घार भएको ठाँउमा उनीहरुले ठाँउ बारम्बार साट्नु हुँदैन । घार सारेको खण्डमा मौरी अर्को घारमा पुग्छ र मौरी जुधेर मर्छ । मौरी सार्न परे एक किलोमिटर भन्दा टाढा सार्नुपर्छ नत्र मौरीले आफ्नो घार चिन्दैन । मौरीले धेरै चिसो सहँदैन । त्यसैले मौरीको घारलाई न्यानो बनाउन कपडा वा बोराले बेरेर न्यानो बनाइराख्नु पर्छ । तराईमा मौरीलाई धेरै गर्मी नहोस् भनेर घार बाक्लो बनाइन्छ ।


मौरीलाई रातको समयमा घारको प्वाल थुनेर मात्र अन्य ठाँउमा सार्नुपर्छ ।
मौरीले सिजन अनुसारको भिन्न भिन्न स्वादको मह बनाउछ । तोरी फुलेको सिजनको मह एक प्रकार को बन्छ भने चिउरी फुलेको समयको मह अर्कै स्वादको हुन्छ
महको पेटमा सानो थैली हुन्छ । त्यही लैलिमा राखेर मौरीले घारसम्म मह ल्याउछ । कुट चाँही खुट्टामा अड्याएर ल्याउने गर्छ । कुट आफ्ना बच्चाहरुलाई खुवाउछ भने मह चाँही आफूहरु खाने पर्छ ।
धैरै मह खाएपछि मौरीको शरिरबाट एक प्रकारको रशायन निस्कन्छ । मौरीको शरिरमा तीन जोडी धर्का हुन्छ । यही धर्काबाट निरन्तर रसायनबाट रसाउछ । यो रसायनलाई उनीहरुले चपाएर चाका बनाउछन् । यो रसायनबाट मैन निस्कन्छ । यो मैनबाट मौरीले चाका बनाउने गर्छ । मौरीले छ वटा कुना भएको आकारमा कोठा बनाउछ । यही कोठाहरु जोड्दै जाँदा चाका बन्छ ।
मौरीले चाकाको छेउतर्फको कोठामा मह राख्छ भने बीचमा बच्चा राख्छ । चाकामा देखिने सेतो लार्भा, प्युपा हुँदै मौरी बन्छ । अण्डा रानी मौरीले बनाउछे । एक पल्ट गर्भधारण गरेपछि रानीले जीवनभर अण्डा बनाइरहन्छे ।


मौरीले घरमा बर्षभरिमा सयौं माना रस ल्याएको हुन्छ । उसले खाने त्यही रस हो बचेको रस मात्रै मानिसले निकाल्ने हो । एउटा घारबाट मौरीले बर्षमा १० मानादेखि ६० मानासम्म मह दिन सक्छ ।
वर्षा र जाडो मौसममा मौरीलाई अनिकाल लाग्छ । त्यो समयमा धेरै फुल पनि फुल्दैन र जाडो र वर्षाका कारण उ जंगल जान सक्दैन । घारमा मह नभएपछि मौरी धेरै फुलहरु फुलेको ठाँउ पत्ता लगाएर घारबाट भाग्छ । मौरी भाग्नबाट जोगाउन घारमा चिनी पगालेर राख्नु पर्छ अथवा मौरीले फुलहरु फुलेको ठाँउमा सिजन मिलाएर डुलाउन पनि सकिन्छ । व्यावसायिक रुपमा मौरी पालन गर्नेहरुले मौरीलाई विभिन्न ठाँउमा डुलाएर मनग्गै आम्दानी गरिरहेका हुन्छन् । मौरीले मानिसलाई निरन्तर टोके सुन्निदैन । मौरीको टोकाईले वाथ रोगलगायत रोग लाग्दैन । मौरीले धुँवा सहदैन । त्यसैले मह झिक्ने बेला धुँवा लगाएर झिक्ने गरिन्छ । शुद्ध मह तातो पानीमा समेत खुल्दैन । शुद्ध मह धारा टुट्दैन । धागो जसरी बग्छ । रानी नभएको घारका मौरी अल्लारे हुन्छन् काम गर्दैनन् अनि भोकै मर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्