Logo

लगातार दोश्रो दिन पनि महंगियो सुन

काठमाडौं, २९ पुस । सुनको भाउ लगातार दोश्रो दिन महंगिएको छ । पुस २९ गते शुक्रबार सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो । चाँदीको भाउ पनि उकालो लागेको छ ।

छापावाल सुन प्रतितोला एक लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ पुगेको छ ।
बिहीबार पनि सुनको भाउ बढोत्तरी भएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा एक हजार ३६५ रुपैयाँमा खदिरबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिदा एक हजार ३६० रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्