Logo

मन्त्रालय भागबन्डा टुङ्गियो, शपथ भोली

काठमाडौं, २ माघ । सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधानमन्त्री रवि लामिछानेले बताए ।
’कुन–कुन मन्त्रालयले कुन–कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,’ लामिछानेले भने, ’भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’ उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए। केही मिलाउनुपर्ने भएकाले भोलि शपथ अघि पनि कुरा हुने उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । मन्त्रीहरूको शपथपछि मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्