Logo

राजधानीको गुण्डु र आरुबारीमा एक एक जना मृत फेला


काठमाडौं
२ माघ । राजधानी काठमाडौंको गुण्डु र आरुबारीमा एक एक जना मृत फेलाफेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित बाटो नजिकै कुलोमा सोही नगरपालिका ४ दधिकोट तर्कगाल बस्ने ५३ वर्षीय झलक बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ आरुबारी बस्ने दावा शेर्पाको घरमा उनकै सालो नाता पर्ने दोलखा जिरी नगरपालिका १ घर भएका ५६ वर्षीय आङखुरी शेर्पा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्