Logo

एक लाख पुगेपछि निरन्तर बढ्दै सुनको मूल्य


काठमाडौं
३ माघ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । केही समयअघि १ लाखमा कारोबर भएको सूनको मूल्य निरन्तर बढिरहेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । –––

प्रतिक्रिया दिनुहोस्