Logo

काठमाडौको टोखामा एक युवक मृत अवस्थामा फेला


काठमाडौं
५ माघ । काठमाडौको टोखामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिमरा उपमहानगरपालिका १५ घर भई हाल टोखा नगरपालिका ८ ग्रिनल्याण्ड डेरा गरी बस्ने २२ वर्षीय सुजन लोप्चन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्