Logo

कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा मनोनयन दर्ता

काठमाडौं
६ माघ । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा पुगेर मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । धनुषाकी यादव समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्