Logo

काठमाडौंमा एकै दिन दुई जना मृत फेला


काठमाडौं
६ माघ । काठमाडौंमा एकै दिन दुई जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं, नागार्जुन नगरपालिका ७ बस्ने ५० वर्षीया बिमली तामाङ आफ्नो घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सिप्रदीस्थित सडक छेउमा हाल नाम, थर, वतन, खुल्न नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्