Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : शेखर कोइराला

काठमाडौं, ८ माघ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षको बैठकमा नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बस्ने प्रस्ताव कार्यसम्पादन समिति बैठकमा राखेको भए पनि बहुमतको निर्णय मान्नुपर्ने बाध्यता परेको नेता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्