Logo

ललितपुरको विमिरे जंगलमा भेटियो बन्दुक


ललितपुर
७ माघ । महाङ्काल गाउँपालिका १ टुङ्गुनस्थित बिमिरे जंगलबाट भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ ।
उक्त जंगलमा शुक्रबार राती बन्दुक पड्केको खबरपछि ईलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्