Logo

अधिकारकर्मी रुबी खान बबरमहलबाट पक्राउ

काठमाडौं, ९ माघ । निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मी पक्राउ परेका छन् ।

उनीहरुलाई बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्