बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।