Logo

बझाङ र बाजुरामा भूकम्पले घर र मन्दिर भत्कियो

काठमाडौं, १० माघ । बाजुरामा मंगलबार दिउँसो गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पले एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको हो । यस्तै भूकम्पले बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्केको छ । चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको छ ।
भूकम्पको थप विवरण आउन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्