Logo

बाजुरा भूकम्प : एक जनाको मृत्यु, केही घर भत्किए

बाजुरा, १० माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ ।

मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेलामाथिबाट ढुँगा खस्दा उनको मृत्यु भएको हो । भूकम्पले जिल्लामा दर्जनौं घरहरूमा क्षति गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्