Logo

अध्योध्यामा श्रीरामको मन्दिरमा कालीगण्डकीको शिलाबाट मूर्ति बनाइने


गलेश्वर
११ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ ।
शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गरिनेछ । म्याग्दीको बेनी नगरपालिका ६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनमार्फत् निकालेर गलेश्वर पठाइएको छ ।
भोलि वसन्तपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।
हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताए । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कालीगण्डकीको किनारका शिला देवताका अवतार हुन”, उनले भने ।
बेनी नगरपालिकाका नगर प्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन गरी टिपरमा राखी अयोध्या पठाउन लागिएको बताए । “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ”, उनले भने ।

बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि शिला अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले बताए ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।
आयोजना निरीक्षणपछि मन्त्री उप्रेती आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।
एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहने छन् । करिब ७२ दशमलव छ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्